६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिर्ने उद्योगको लाइन क्रमश: काट्दै जाने रणनीतिमा छौं: कुलमान घिसिङ



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति रहेको बताएका छन् ।

बिहीबार डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको घिसिङले जानकारी दिए । जसमध्ये हाल सम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको र यसको बक्यौता मात्र १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले बताए ।

आम सर्वसाधारणले १७/१८ घण्टाको लोडसेडिङमा खपेको बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी उपयोग गरेको प्राधिकरणले जनाएको छ ।

२३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल भुक्तानी गरिसकेको छ । बिजुली काटिएका उद्योगहरूमा जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड, लक्ष्मी स्टिलको ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टको ६८ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलको ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख रूपैयाँ बक्यौता बाँकी छ ।