२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिर्ने उद्योगको लाइन क्रमश: काट्दै जाने रणनीतिमा छौं: कुलमान घिसिङ



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति रहेको बताएका छन् ।

बिहीबार डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको घिसिङले जानकारी दिए । जसमध्ये हाल सम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको र यसको बक्यौता मात्र १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले बताए ।

आम सर्वसाधारणले १७/१८ घण्टाको लोडसेडिङमा खपेको बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी उपयोग गरेको प्राधिकरणले जनाएको छ ।

२३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल भुक्तानी गरिसकेको छ । बिजुली काटिएका उद्योगहरूमा जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड, लक्ष्मी स्टिलको ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टको ६८ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलको ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख रूपैयाँ बक्यौता बाँकी छ ।