३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 4.63

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना



अ+ अ-

जनकपुरधाम । मिटरब्याजीले दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर धर्ना बसेका छन् ।

मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेपछि पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका हुन् ।

निरौलालाई पक्राउ गरी कारबाहीको माग गर्दै मिटर ब्याज पीडितहरू चिसोमा रातभर धर्ना बसेका हुन् । माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । पीडित ककुलतीदेवी यादवले निरौलामाथि ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ मा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विष्णुपुर गाउँपालिका १ का निरौलाविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परिसकेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।