५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना



अ+ अ-

जनकपुरधाम । मिटरब्याजीले दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर धर्ना बसेका छन् ।

मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेपछि पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका हुन् ।

निरौलालाई पक्राउ गरी कारबाहीको माग गर्दै मिटर ब्याज पीडितहरू चिसोमा रातभर धर्ना बसेका हुन् । माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । पीडित ककुलतीदेवी यादवले निरौलामाथि ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ मा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विष्णुपुर गाउँपालिका १ का निरौलाविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परिसकेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।