• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सिटीको सहज जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले एभर्टनलाई उसकै घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो । खेलको २९ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै घरेलु टोली एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको दोस्रो हाफमा सिटीले ३ गोल गर्यो । ५३ औं मिनेटमा फिल फोडेन, ६४ औं मिनेटमा युलियन अल्भारेज(पेनाल्टी) र ८६ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे ।

जितसँगै सिटी १८ खेलबाट ३७ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । एभर्टन १६ अंकका साथ १७ औं स्थानमा छ ।