• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा परेको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधबार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको मुद्दाको अब बाँकी बहस उनैको इजलासमा बिहीबार निरन्तर हुनेछ । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतबारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइबार पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक–पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।