• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

चितवनबाट अपहरणमा परेका दुई नेपालीको उद्धार, ६ भारतीय पक्राउ



काठमाडौँ । दुई नेपाली अपहरण गरेको आरोपमा ६ जना भारतीय पक्राउ परेका छन् । भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा प्रहरीले ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पुस ५ गते महतसँगै घरबाट निस्किएका कृष्ण थापाले दुई दिनपछि श्रीमतीलाई भिडियो कल गर्दै आफू अपहरणमा परेको बताएका थिए । उनले आफू अपहरणमा परेको भन्दै ६ लाख रुपैयाँ फिरौती पठाउन भनेका थिए । त्यसपछि पीडितका आफन्त प्रहरीलाई खबर गरेका थिए । मंगलबार भारतीय प्रहरीले उनीहरुको उद्धार गरि रौतहट प्रहरीको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ परेका सबै भारतको सितामढीका हुन् ।
पक्राउ पर्नेमा भारतका राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।