काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा पुनः गिरावट आएको छ । हिजो (सोमबार) छापावाला सुन प्रति तोला रु ८७ हजारमा कारोबार भएकोमा आज (मंगलबार) रु ३ सयले घटेर नयाँ भाउ प्रतिा तोला रु ८६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रति तोला रु ८६ हजार २ सय ५० कायम भएको महासंघले जनाएको छ।
यता चाँदी भने तोलामा रु १२५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।








