९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ करोड भन्दा बढि घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ



अ+ अ-

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पर्वतले बुधबार प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पराजुलीलाई बुधबार पक्राउ गरिएको र आजै कास्की पठाउने तयारी भैरहेको पर्वत प्रहरीका डीएसपी खुमलाल भुसाललेले जानकारी दिए ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो । पराजुली यसअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए ।

प्रहरीको अनुसार उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएका थिए ।