२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ करोड भन्दा बढि घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ



अ+ अ-

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पर्वतले बुधबार प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पराजुलीलाई बुधबार पक्राउ गरिएको र आजै कास्की पठाउने तयारी भैरहेको पर्वत प्रहरीका डीएसपी खुमलाल भुसाललेले जानकारी दिए ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरिएको थियो । पराजुली यसअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए ।

प्रहरीको अनुसार उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएका थिए ।