२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेकामा राप्रपा प्रवक्ता श्रेष्ठको आपत्ति



अ+ अ-

काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले समाजवादी मोर्चा र गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेकोप्रति आपत्ति जनाउनुभएको छ । आज मोर्चाको बैठक बालुवाटारमा बसेपछि प्रवक्ता श्रेष्ठले आपत्ति जनाउनुभएको हो ।

श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, ‘समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरु प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु हुँदैन । यो मुलतः नैतिकताको विषय हो।’

देशको प्रधानमन्त्री बस्ने ठाउँलाई मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइन नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा संलग्न छन् ।