२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेकामा राप्रपा प्रवक्ता श्रेष्ठको आपत्ति

समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेकामा राप्रपा प्रवक्ता श्रेष्ठको आपत्ति
अ अ+ अ-

काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले समाजवादी मोर्चा र गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेकोप्रति आपत्ति जनाउनुभएको छ । आज मोर्चाको बैठक बालुवाटारमा बसेपछि प्रवक्ता श्रेष्ठले आपत्ति जनाउनुभएको हो ।

श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, ‘समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरु प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु हुँदैन । यो मुलतः नैतिकताको विषय हो।’

देशको प्रधानमन्त्री बस्ने ठाउँलाई मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइन नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा संलग्न छन् ।