• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

पृथ्वीको यो भागमा मानिसहरु २ मिनेट मात्रै नुहाउँछन्, कारण थाहा पाउँदा छक्क पर्नुहुनेछ



एजेन्सी । जाडो सुरु हुने वित्तिकै मानिसहरु नुहाउन हिच्किचाउँछन् तर आज हामी तपाईलाई संसारको एउटा यस्तो भागको बारेमा बताउन गइरहेका छौँ जहाँ मानिसहरु दुई मिनेट मात्र नुहाउने मौका पाउँछन् ।

किनभने त्यहाँ धेरै जाडो छ । विश्वका विभिन्न ठाउँमा बस्ने मानिसको जीवनशैली पनि फरक–फरक हुन्छ, कहिले भौगोलिक अवस्थाका कारणले हुन्छ भने कहिले आफ्नो संस्कृतिले गर्दा उनीहरू अरूभन्दा फरक हुन्छन् ।

अत्याधिक गर्मी भएको ठाउँको तुलनामा अत्यधिक चिसो भएको ठाउँमा मानिसको जीवनयापनको तरिका पूर्णतया फरक हुन्छ । यसैबीच यहाँ एउटा अनौठो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जहाँ सधैं यति धेरै चिसो मौसम हुन्छ कि मानिसहरूले आफ्नो दैनिक जीवन बिताउन पनि संघर्ष गर्नुपर्ने हुन्छ ।

यो ठाउँमा बाँच्न जति गाह्रो छ, यहाँ पुग्न त्यती नै गाह्रो छ । वास्तवमा यो ठाउँ संसारका अन्य ठाउँहरू भन्दा पूर्णतया फरक छ । दक्षिण ध्रुव पृथ्वीको सबैभन्दा चिसो ठाउँ हो, जहाँबाट हामी सबैले सान्ता क्लजको कथाहरू सुनेका छौं । यहाँको तापक्रम यति कम छ कि तपाईले सामान्य ठाँउजस्तै खाना र पेय पाउनुहुनेछैन, न त यहाँ आरामसँग घुम्न सक्नुहुन्छ ।

यो ठाउँमा दैनिक काम गर्न पनि निकै गाह्रो हुन्छ । सान फ्रान्सिस्कोकी ३२ वर्षीया मिशेलले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो यहाँ बसेको अनुभव सेयर गरेकी छन् । एक रिपोर्टका अनुसार ती महिला गत वर्ष नोभेम्बरमा यहाँ आएकी थिइन् तर पछि हस्पिटालिटी म्यानेजरको रूपमा काम गर्न थालिन् । महिलाले दक्षिण ध्रुवको तापक्रम माइनस १०६ फरेनहाइटसम्म रहने ।

यहाँ नोभेम्बरदेखि फेब्रुअरीसम्म मात्र सूर्य आउँछ, जसलाई ‘अस्ट्रल समर’ भनिन्छ । यहाँ केहि महिनाहरू छन् जसमा न अन्धकार छ न उज्यालो छ । तर, मे १० पछि ६ महिनासम्म पुरै अँध्यारो हुन्छ ।

यसबाहेक दक्षिण ध्रुवको एउटा रोचक कुरा के हो भने यहाँ बस्दा हरेक दिन नुहाउन पनि मिल्दैन । यस ठाउँमा मानिसहरूलाई हप्तामा दुई पटक मात्र नुहाउन दिइन्छ, र त्यो पनि दुई मिनेट मात्र । यहाँ खाना फ्रिज गर्न फ्रीजरको आवश्यकता छैन । अझ अचम्मको कुरा के छ भने यहाँका मानिसहरू जुलाई महिनाभर क्रिसमस मनाउने गर्छन् ।