१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: लगातार पाँच जितका साथ एपिएफ प्लेअफमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ । यससँगै, लगातार पाँच जितका साथ एपिएफ प्लेअफमा पुग्ने पाहिलो टोली बनेको छ ।

जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन् ।

त्यस्तै गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान किरण कुवरले १ रन बनाइन् भने बिना थापाले २ तथा अन्जु गुरुङले ६ रन बनाइन् ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन भने सुमन विष्टले दुई विकेट झारिन् । त्यसैगरी बिनु बुढा र सीता रानामगरले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनाएको थियो ।

एपिएफका लागि राजमती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् । ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् । रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारेकी थिइन् । रासस