• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कप: कोशी प्रदेशले गण्डकीलाई सजिलै हरायो



काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले गण्डकीलाई ५५ रनले हराएको छ । यससँगै लगातार चौथो जित हात पारेको कोशीले प्लेअफ सम्भावना उच्च बनाएको छ ।

जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पाएको गण्डकीले १५ ओभरमा अल आउट हुँदै मात्र ४८ रन बनायो । गण्डकीकी सुमन खतिवडा २१ रनमा अविजित रहिन् । उनी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर अञ्जली विश्वकर्मा ८, ज्योत्स्नका मरासिनी ६, सृष्टी पौडेल १, सीमा केसी ५ र धन कुमारी २ रन बनाईन्। गण्डकीका चार खेलाडी खाता नै नखोलि आउट भए ।

कोशीकी कप्तान रुविना क्षेत्रीले १ ओभरमा १ रन खर्चेर ३ विकेट लिईन् । संगिता राई र एलिसा खडियाले समान दुई दुई विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । कोशीकी बिमला मलहाले सर्वाधिक २५ रन बनाएकी थिईन् । लखिता राजवंशीले २२ तथा संगिता राइले २३ रन बनाइन् ।

गण्डकी प्रदेशकी कुसुम गोदार र सृष्टी जैशीले समान दुई दुई विकेट लिँदा आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले १–१ विकेट लिइन् ।

कोशी ५ खेलमा ४ जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । यता, गण्डकी भने ५ खेलमा १ मा जितसहित छैटौं स्थानमा छ । एपिएफ ५ खेलमा अपराजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा छ ।