५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 2.06

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्दा चाँदी घट्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला दुईसय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार छापावाल सुन तोलामा एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलामा एक लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैँयाले घटी एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।