९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण



अ+ अ-

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

 यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै  भारतमा कोरोना सङ्क्रमणको कारण  मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।  

हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।  लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ । 

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने  गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना  निको भएका छन् । (रासस-सिन्ह्वा)