२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

क्रमभंगताका साथ कार्यशैली बदल्ने आश्वासन

क्रमभंगताका साथ कार्यशैली बदल्ने आश्वासन
अ अ+ अ-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिबाट क्रमभंगता गरेर कार्यशैली बदल्ने आश्वासन दिनुभएको छ। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यशैली बदल्ने बताउनुएको हो।

उहाँले देशमा केही पनि भएन र हुँदैन भनेर बनाइएका भाष्यलाई गलत सावित गर्दै नागरिकमा सकारात्मक सोच जगाउनका लागि सरकरले कार्यशैली परिवर्तन गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अहिलेकै अवस्थाको नीति कार्यक्रम र बजेटले मुलुकको अवस्थामा परिवर्तन नहुने भएको निष्कर्षसहित मैले आगामी वर्षका लागि नीति योजना, कार्यक्रम र बजेटसमेत परिवर्तन गर्ने पक्षमा छु।’

प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरूलाई आह्वानसमेत गर्नुभएको छ। सम्बोधनकै क्रममा उहाँले भन्नुभयो– ‘म दलहरू, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु । हामीलाई असफल हुने छुट छैन । कार्यक्षमता देखाएर काम गर्न नसक्ने मन्त्रीहरूले सधैं ठाउँ ओगटेर बस्न हुँदैन।’

केही पूर्वनिर्धारित र अपरिहार्यबाहेकका कार्यक्रममा नजाने बताउँदै दाहालले नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटीअनुसार परिणाम पनि आएको छैन’ –उहाँले भन्नुभयो ।

बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उहाँको भनाइ छ।

‘कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु’, दाहालले भन्नुभयो– ‘यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु।’

सरकारको कार्यशैली बदल्न यो प्रस्थान बिन्दु हुने भन्दै प्रधानमन्त्री दाहालले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्नेसमेत बताउनुभयो। नृपाल समाचारपत्र