• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दुई गोलले पछि परेको म्यान्चेस्टर युनाइटेडको एस्टन भिल्लामाथि रोमाञ्चक जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्ड्रो गार्नाचोले दुई तथा रासमस होलन्डले एक गोल गरे ।

युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । खेलको २१ औं मिनेटमा जोन एमसीगिनले तथा २६ औं मिनेटमा लिन्डर डेन्डोन्करले गोल गर्दै एस्टन भिल्लालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।

तर, युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्यो । गार्नाचोले ५९ औं तथा ७१ औं मिनेटमा र होलन्डले ८२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

यो नतिजासँगै एस्टन भिल्ला १९ खेलबाट ३९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड ३१ अंकका साथ छैटौं स्थानमा छ ।