५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुधसँग नखानुहोस् यी चिज, फाइदाको सट्टा हानि हुन सक्छ



अ+ अ-

एजेन्सी । दुधलाई पूर्ण आहार मानिन्छ । यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम र प्रोटिनको मात्रा उच्च हुन्छ । जसले शरीरलाई धेरै रोगबाट बचाउँछ ।

दुधलाई थप पौष्टिक बनाउन मानिसहरु यसमा धेरै कुराहरु थप्ने गर्दछन् तर के तपाईलाई थाहा छ आयुर्वेदमा दुधसंग केहि चीजहरु खानु निषेध गरिएको छ । दुध पिएपछि यी चिज खाँदा पित्तदोष बढ्छ भनिन्छ । आउनुहोस् जानौं दुधमा कुन चिजबाट बच्नुपर्छ ।

माछा र दुधबाट बच्नुहोस्
दुधको प्रकृति चिसो हुन्छ भने माछाको प्रकृति तातो हुन्छ । यसलाई सँगै खाँदा शरीरमा धेरै समस्या आउन सक्छ । यसका अलावा कुखुरा र रातो मासुसँग पनि दुध खानबाट जोगिनुपर्छ, किनकि यसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ र पेट फुल्ने समस्या पनि हुन सक्छ ।

केरा र दुध नखानुहोस्
हामी सबैलाई थाहा छ दुध र केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यदि तपाई थकित महसुस गर्नुहुन्छ भने, तपाइँ आफ्नो आहारमा केरा र दुध समावेश गर्न सक्नुहुन्छ । यसबाट शरीरमा उर्जा आउँछ तर के तपाईलाई थाहा छ, दुध र केरा सँगसँगै खाँदा पाचन सम्बन्धी समस्या हुन सक्छ ।

दही र दुध सँगै नखाने
आयुर्वेदका अनुसार दुध र दही एकसाथ खानु हुँदैन । यदि तपाइँ यसलाई सँगै खानुहुन्छ भने तपाइँको पेट खराब हुन सक्छ, त्यसैले दुध र दही सँगै खानु हुँदैन ।

गुड खानु
प्रायः मानिसहरू दुधमा चिनीको सट्टा गुड मिसाउँछन् । यो एक स्वस्थ विकल्प हो, तर आयुर्वेदमा, दुधसँग गुड सेवन पेटका लागी हानिकारक भनिएको छ ।