• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नटिङहम फरेस्टसँग न्युक्यासल युनाइटेडको लज्जास्पद हार



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ । केहीबेरअघि सम्पन्न खेलमा न्युक्यासल आफ्नै घरेलु मैदानमा नटिङहम फरेस्टसँग ३–१ गोलले स्तब्ध बनेको हो ।

यता नटिङहम फरेस्टको जितमा क्रिस वुड नायक बने । उनी एक्लैले तीन गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका उनले ५३ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसअघि खेलको २३ औं मिनेटमा अलेक्जान्डर इसाकले पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । न्युक्यासल उक्त एक गोलमै सिमित रह्यो ।

यो नतिजासँगै न्युक्यासल १९ खेलबाट २९ अंकका साथ तालिकाको सातौं स्थानमा छ । यता, नटिङहम १७ अंकसहित १६ औं स्थानमा छ ।