५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोज्योः अश्विनले पाए मौका, प्रसिद्ध कृष्णको डेब्यु



अ+ अ-

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको दुई टेस्ट म्याचको सिरिजको पहिलो खेल आजदेखि सेन्चुरियनमा सुरु हुँदैछ । दक्षिण अफ्रिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

सुपरस्पोर्ट पार्क मैदानमा दिउँसो १ः४५ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण टस ढिलो भएको थियो । फास्ट बलर प्रसिद्ध कृष्णले भारतका लागि टेस्ट डेब्यु गर्दैछन् । दक्षिण अफ्रिकाबाट नान्द्रे बर्गर र डेभिड बेडिङह्यामले टेस्ट डेब्यु गर्ने मौका पाएका छन् । रविन्द्र जडेजा चोटका कारण प्लेइङ–११ मा परेका छैनन् ।

भारतीय टोलीले दक्षिण अफ्रिकामा अहिलेसम्म एउटा पनि टेस्ट सिरिज जित्न सकेको छैन । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी)को फाइनलमा पुग्न दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ ।

भारतः रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), आर अश्विन, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण ।

दक्षिण अफ्रिकाः टेम्बा बाभुमा (कप्तान), डीन एल्गर, एडेन मार्कराम, टोनी डिजर्ज, किगन पिटरसन, डेभिड बेडिङहम, काइल वेरियन (विकेटकीपर), मार्को यान्सन, कागिसो रबाडा, जेराल्ड कोएत्जी, नान्द्रे बर्गर ।