५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोज्योः अश्विनले पाए मौका, प्रसिद्ध कृष्णको डेब्यु



अ+ अ-

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको दुई टेस्ट म्याचको सिरिजको पहिलो खेल आजदेखि सेन्चुरियनमा सुरु हुँदैछ । दक्षिण अफ्रिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

सुपरस्पोर्ट पार्क मैदानमा दिउँसो १ः४५ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण टस ढिलो भएको थियो । फास्ट बलर प्रसिद्ध कृष्णले भारतका लागि टेस्ट डेब्यु गर्दैछन् । दक्षिण अफ्रिकाबाट नान्द्रे बर्गर र डेभिड बेडिङह्यामले टेस्ट डेब्यु गर्ने मौका पाएका छन् । रविन्द्र जडेजा चोटका कारण प्लेइङ–११ मा परेका छैनन् ।

भारतीय टोलीले दक्षिण अफ्रिकामा अहिलेसम्म एउटा पनि टेस्ट सिरिज जित्न सकेको छैन । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी)को फाइनलमा पुग्न दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ ।

भारतः रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), आर अश्विन, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण ।

दक्षिण अफ्रिकाः टेम्बा बाभुमा (कप्तान), डीन एल्गर, एडेन मार्कराम, टोनी डिजर्ज, किगन पिटरसन, डेभिड बेडिङहम, काइल वेरियन (विकेटकीपर), मार्को यान्सन, कागिसो रबाडा, जेराल्ड कोएत्जी, नान्द्रे बर्गर ।