१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग



अ+ अ-

काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ । नेपाल ट्रेकिङ्ग, ट्राभल्स, र्‍याफ्टिङ्ग, एयरलाइन्स, संस्कृती पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ) को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेटगरी मागपत्र बुझाएको हो । 

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सुचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले बढाउनुपर्ने, नेचर गाइडको समस्या समाधान गरिनुपर्ने, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य गरिनुपर्ने, माउन्टेन गाइडको तलब र बीमा निर्धारण गरिनुपर्ने, होलिकप्टर रेस्क्यूमा हुने विभेद अन्त्य गरिनुपर्ने, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने लगायतका मागहरु मागपत्रमा समावेस गरिएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो । 

यस्तै पदमार्ग क्षेत्रमा इजाजतपत्र परीक्षण गर्ने व्यवस्था गर्न समेत युनिट्राभको माग छ । विकासको नाउँमा महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न समेत युनिट्राभले माग गरेको छ ।

यसबाहेक महिला पथप्रदर्शकमाथि हुने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने, हरेक पदमार्गको प्रवेशद्धारमा अनिवार्यरुपमा प्राथमिक उपचारका सामग्रीहरुको निःशुल्क व्यवस्था गर्नुपर्ने, विभिन्न पदमार्ग क्षेत्रमा लागेका सिण्डिकेट बन्दगर्न, पर्यटन विभागबाट इजाजतपत्र प्राप्त गरि पथप्रदर्शकमा काम गर्दै आएको सबै गाइडहरुलाई श्रमिकमैत्री रुपमा व्यक्तिगत प्यान उपलब्ध गराउन र सगरमाथा पदमार्ग क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड श्रमिकहरुलाई अनावश्यक लिदैं आएको रकम तुरुन्त बन्द गर्नुपर्ने माग समेत गरेको छ । मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।