• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध ★   गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती ★   प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप ★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने ★   कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित ★   अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री बजेट ★   रास्वपा संसदीय दलको बैठक जारी

पर्वहरुले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका छन्: सभापति देउवा



फाईल फोटो

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका उल्लेख गर्नुभएको छ ।

किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको य:मरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको बताउनुभयो । उहाँले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर तथा सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभयो ।

सभापति देउवाले पर्वहरुले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।