१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब टिभी एन्करले गौतम गम्भीरसँग पैसा मागे…



अ+ अ-

एजेन्सी । हालसालै डिसेम्बर १९ मा दुबईमा आईपीएल २०२४ को लागि मिनी लिलामी भएको थियो । जसमा अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क आईपीएल इतिहासमा बिक्रि हुने सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

यसैबीच सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । आईपीएलको लिलामीलाई लिएर गौतम गम्भीरले टिभी एन्कर जतिन सप्रुलाई ठट्टा गरेका छन् । वास्तवमा, सप्रुले गौतम गम्भीर (जो कोलकाता नाइट राइडर्सका मेन्टर हुन्) लाई ठट्टा गर्दै भन्छन् कि ‘भगवान, मलाई पनि २–३ करोड दिनुहोस् ।’

यस्तो अवस्थामा वरपर उपस्थित सबै चर्को स्वरमा हाँस्न थाले । १५ सेकेन्डको यो भिडियोमा फ्यानले उत्तिकै प्रतिक्रिया दिएका छन् ।

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले पनि अस्ट्रेलियाका फास्ट बलर स्टार्कका लागि पहिलो बोली लगाएका थिए, जो २ करोडको आधार मूल्यमा लिलामीमा आएका थिए । दुईबीचको लामो बोलीपछि केकेआर र गुजरात टाइटन्स प्रवेश गरे । अन्ततः केकेआरले उनलाई सबैभन्दा ठूलो मूल्यमा आफ्नो टोलीमा समावेश गर्यो । स्टार्क आठ वर्षपछि आईपीएलमा फर्किएका छन् ।

केकेआरले फास्ट बलरलाई २४.७५ करोडमा आफ्नो टिममा समावेश गरेको छ । यसअघि प्याट कमिन्स लिलामीमा बिक्रि भएका सबैभन्दा महँगा खेलाडी बनेका थिए, जसलाई सनराइजर्स हैदरावादले २०.५ करोडमा आफ्नो टोलीमा समावेश गरेको थियो । उनी २० करोडको आँकडा पार गर्ने दोस्रो खेलाडी बने । साथै, उनी लिलामीमा बेचिने दोस्रो सबैभन्दा महँगो खेलाडी थिए ।