२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले ६६ रनसँगै श्रीलंकाका पूर्व कप्तान सांगकाराको विश्व कीर्तिमान तोड्नेछन्



अ+ अ-

एजेन्सी । भारतका ‘रन मेसिन’ विराट कोहलीका लागि २०२३ स्मरणीय वर्ष रह्यो । पूर्व भारतीय कप्तानले यो वर्ष सबै फर्म्याटमा ७ शतक बनाएका छन् ।

ओडिआई विश्वकप जित्ने उनको सपना अधुरै रहे पनि ‘मेन इन ब्लू’का लागि खेल्न अझै महत्वपूर्ण खेलहरू बाँकी छन् । भारत र दक्षिण अफ्रिकाबीचको बक्सिङ डे टेस्ट खेल २६ डिसेम्बरबाट सुरु हुँदैछ ।

यो पहिलो टेस्ट म्याचमा विराट कोहलीसँग श्रीलंकाका पूर्व कप्तान कुमार सांगकाराको विश्व कीर्तिमान तोड्ने सुनौलो मौका छ । विराट कोहली सांगकाराको कीर्तिमानभन्दा थोरै टाढा छन् । कोहली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा यो विश्व कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

वास्तवमा, विराट कोहली एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा २००० भन्दा बढी रन बनाउने मामिलामा दोस्रो स्थानमा छन् । कुमार सांगकाराको नाम पहिलो स्थानमा छ । सांगकारा र भारतीय दिग्गज ब्याट्सम्यान विराट कोहलीले संयुक्त रूपमा सबै फर्म्याटमा ६–६ पटक २००० भन्दा बढी रन बनाएका छन् ।

कोहलीले २०१२, २०१४, २०१६, २०१७, २०१८ र २०१९ मा २००० अधिक रन बनाएका छन् । सांगकाराले सन् २००४, २००६, २००९, २०११, २०१२ र २०१३ मा तीनवटै फर्म्याटमा २००० भन्दा बढी रन बनाएका छन् । सन् २०२३ मा अहिलेसम्म कोहलीले १९३४ रन बनाएका छन् । उनी विश्व कीर्तिमान बनाउन ६६ रन मात्र टाढा छन् ।