• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   युरो कप फुटबलः आयोजक जर्मनीको विजयी सुरुवात ★   राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक ★   आज सातै प्रदेशको बजेट घोषणा हुँदै, के छन् प्राथमिकता ? ★   विश्वकप क्रिकेट: नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

श्रीलङ्कामा क्रिसमसको अवसरमा एक हजार कैदी रिहा



कोलम्बो ।श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैँदीलाई बाँकी जेल सजायँ माफी गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिनुभयो ।

श्रीलङ्कामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै सङ्ख्यामा दोषीलाई रिहा गरिएको थियो ।

क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागुऔषध विरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमादान दिइएको हो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार १०० जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुनस् स्थापनाका लागि पठाइएको उल्लेख छ ।

श्रीलङ्काका जेलहरूमा क्षमताभन्दा बढी कैँदी राख्दा लामो समयदेखि जेलमा कैँदीको भीडभाड हुने गरेको छ ।

सरकारी तथ्या तथ्याङ्कअनुसार शुक्रबारसम्म ११ हजार कैदीबन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैँदीबन्दी रहेका छन् । रासस