१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग हार्यो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पराजय बेहोरेको छ । गएराति भएको खेलमा चेल्सी वल्भ्ससँग २–१ गोलले पराजित भएको हो ।

यता, घरेलु मैदानमा वल्भ्सलाई जित दिलाउन खेलको ५१ औं मिनेटमा मारीओ लेमिनाले तथा ९०+३ औं मिनेटमा म्याट डोहर्टीले गोल गरे । यता, खेलको इन्जुरी समयमा ९०+६ औं मिनेटमा क्रिस्टोफर एन्कुन्कुले गोल गरेपनि चेल्सीको हार टार्न सकेनन् ।

यो नतिजासँगै चेल्सी १८ खेलबाट २२ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने समान खेलबाट समान अंक रहेको वल्भ्स गोल डिफरेन्सको आधारमा ११ औं स्थानमा छ ।