१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

उद्योग दर्ता बढ्यो

उद्योग दर्ता बढ्यो
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७-०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ ।
 
विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १५४ पुगेको छ । विभागका अनुसार हालसम्म आठ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए । हालसम्म एक हजार २५९ ठूला, एक हजार ९६६ मझौला र पाँच हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ ।

लघु उद्यम र घरेलु उद्योगबाहेक रु १५ करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रुपमा लिइन्छ । बढीमा रु २० लाखसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ ।
 
उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा रु ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकामा चालु आवमा सो लगानी बढेर रु एक खर्ब ८६ अर्ब पुगेको छ । हालसम्म रु २४ खर्ब ७० अर्बको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्याङ्क छ ।
 
उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आवको समीक्षा अविधमा उद्योग स्थापनाबाट छ हजार २८८ रोजगार भएकामा चालु आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ । हालसम्म दर्ता भएका उद्योगमा छ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ ।
 
विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको संख्या पनि बढेको छ । गत आवको पुस मसान्तसम्म १२३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १२९ पुगेको छ । विभागले हालसम्म पाँच हजार ३६६ विदेशी लगानी स्वीकृत गरेको छ । विदेशी लगानीका ठूला उद्योग ३१९, मझौला ५६६ र साना उद्योग चार हजार ४८१ दर्ता भएका छन् ।
 
समीक्षा अवधिमा विदेशी लगानी रु २३ अर्ब ४७ करोडबाट बढेर रु ३० अर्ब ५६ करोड पुगेको छ । हालसम्म रु तीन खर्ब ९५ अर्ब ४२ करोडको विदेशी लगानी प्रस्तावसहितका पाँच हजार ३६६ उद्योग दर्ता भएका विभागले जनाएको छ ।
 
मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।