३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैथिली एसोसिएसनमा नयाँ कार्य समिति



अ+ अ-
विराटनगर । मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारणसभाले  मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
सो समितिमा उपाध्यक्षमा वरिष्ठ समाजसेवी आभा अनुपमा र पङ्कज वर्मा,  महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण, कोषाध्यक्षमा मीरा देव र सदस्यहरुमा प्रकाश प्रेमी, पुनम सिंह, वन्दना चौधरी, वीरेन्द्रकुमार झा, दीपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मञ्जु मिश्र निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक शिवनारायण पण्डित सिङ्गलले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । मैथिली भाषाका वरिष्ठ अभियन्ताद्वय रामरिझन यादव तथा डा योगेन्द्रप्रसाद यादवले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।
उद्घाटन सत्रमा प्रमुख अतिथि कोशी प्रदेशसभाका पूर्वसदस्य जयराम यादवसहितका वक्ताहरूले मैथिली भाषा र भाषिक अधिकार सम्बन्धित अनेकौँ ध्येय विषयवस्तुमा एसोसिएसनले अभियान सञ्चालित गर्नुपर्ने ध्यानाकर्षण गराउनुभएको थियो ।
नेपालको नयाँ राजनीतिक परिदृश्य र खास गरी सङ्घीयता लागू भएपछि स्थानीय निकाय र प्रदेश सरकारको कामकाजको भाषाका रूपमा कोशी प्रदेश र मधेस प्रदेशका साथ अन्य प्रदेशमा पनि मैथिली भाषीहरुको हकहित, मैथिली भाषा (साहित्यको शिक्षामा समावेश र सामाजिक) सांस्कृतिक व्यवहारमा मैथिली भाषाको प्रयोग र संवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मैथिली एसोसिएसन नेपालले सम्पूर्ण भाषाभाषीलाई सङ्गठित गर्न सक्ने सम्भावनाप्रति वक्ताहरूले मार्गदर्शन गराउनुभएको थियो । रासस