२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पठाओ र इनड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनासहित ७५ मोटरसाइकलहरु नियन्त्रणमा



file-photo
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले पठाओ र इनड्राइभको नाममा अफलाइन राइड गर्ने विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

शनिबार काठमाडौँका विभिन्न स्थानहरुबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

साथै, प्रहरीले विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको भन्दै सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड नगर्नेतर्फ सचेत रहन आग्रह समेत गरेको छ ।