२२ पुष २०८१, सोमबार
,
Latest
चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा किन केही मानिसहरु निद्रामा नै हिड्छन् ? यी ४ रोग छन् भने केरा नखानुहोस् भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता नेता तथा कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड ‘एमाले केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्छ’ भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश ‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिका लागि संकल्प यात्रा असाधारण, गलत भाष्यलाई चिर्न सफल : केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको बताउनुभएको छ ।

सो यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको बताउनुभयो । यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको ओलीले प्रष्ट पार्नुभयो ।

अवाञ्छित खालका चिन्तालाई अघि बढाउने प्रयासलाई सो यात्राले असफल बनाएको ओलीले दाबी गर्नुभयो । अनेक खालका गलत भाष्यलाई यात्राले चिर्ने काम गरेको उहाँले बताउनुभयो । ‘सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ’, उहाँले भन्नुभयो ।
जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको ओलीले बताउनुभयो । यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले बताउनुभयो । हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको ओलीले बताउनुभयो ।

ओलीले संकल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको बताउनुभयो । यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको उहाँले दाबी गर्नुभयो ।ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको ओलीले बताउनुभयो । विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेले गरेको काम स्थलगत यात्रामा देखिएको ओलीले बताउनुभयो । एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उहाँको भनाइ छ ।

नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताउनुभयो । तर युवा पङ्ती देशे छाडेर हिँड्नु गम्भीर चुनौती भएको ओलीको भनाइ छ ।