१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्कोनको आयोजनमा काठमाडौँमा वृहत गीता जयन्ती हरिनाम संकिर्तन- फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले शनिबार काठमाडौँमा वृहत गीता जयन्ती हरिनाम संकिर्तन आयोजना गरेको छ ।

इस्कोन र अन्य धार्मिक संस्थाका भक्तहरुका साथमा महा हरिनाम संकिर्तन तथा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम गरिएको हो ।

खुल्लामञ्च , नयाँसडक , बसन्तपुर असन , ठमेल लगायतका क्षेत्रमा र्‍यालीले परिक्रमा गर्दे अपरान्ह लैनचौर क्षेत्रमा पुगेर हरिनाम संकिर्तन गरेको छ ।

शनिबार मोक्षदा एकादशी रहेको र यसै एकादशी तिथी अर्थात गिता जयन्तीका दिनमा भगवान श्रीकृष्णद्वारा उहाँका परमभक्त अर्जुनलाई श्रीमद्भगवतगिताको दिव्य ज्ञान प्रदान गर्नुभएको थियो ।

त्यस अबसरमा गायन कृर्तन, नृत्य,प्रसाद बितरण ,भगवत गिता ग्रन्थ बितरण लगायतका कार्यगरिएको इस्कोनका सचिव हरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

भगवदगीता एक पवित्र हिन्दू धर्मग्रन्थ हो जसमा कुरुक्षेत्रको युद्घभूमिमा भगवान कृष्ण र अर्जुन बीचको संवाद समावेश छ । यसले वैदिक सनातन दर्शनको आध्यात्मिक ज्ञानको सार र शताब्दीयौंदेखि दार्शनिकहरुले सोधेका प्रश्नहरुको जवाफ प्रकट गर्दछ ।

भगवदगीताले कर्म, नि:स्वार्थ कार्य, कृष्णभक्ति र योगका सिद्धान्तहरु सिकाउँछ, र धर्मको बारेमा विभिन्न हिन्दू विचारहरुको संश्लेषण प्रस्तुत गर्दछ । यसले चेतना, आत्मा र ब्रह्माण्डको प्रकृतिलाई पनि व्याख्या गर्दछ ।

भगवद गीताले महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन, हेनरी डेभिड थोरो, राल्फ वाल्डो इमर्सन, र फिलिप ग्लास जस्ता प्रसिद्घ व्यक्तित्वहरु सहित जीवनका विभिन्न क्षेत्रका धेरै मानिसहरुलाई प्रभावित गरेको छ ।