२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

इस्कोनको आयोजनमा काठमाडौँमा वृहत गीता जयन्ती हरिनाम संकिर्तन- फोटो फिचर

इस्कोनको आयोजनमा काठमाडौँमा वृहत गीता जयन्ती हरिनाम संकिर्तन- फोटो फिचर
अ अ+ अ-

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले शनिबार काठमाडौँमा वृहत गीता जयन्ती हरिनाम संकिर्तन आयोजना गरेको छ ।

इस्कोन र अन्य धार्मिक संस्थाका भक्तहरुका साथमा महा हरिनाम संकिर्तन तथा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम गरिएको हो ।

खुल्लामञ्च , नयाँसडक , बसन्तपुर असन , ठमेल लगायतका क्षेत्रमा र्‍यालीले परिक्रमा गर्दे अपरान्ह लैनचौर क्षेत्रमा पुगेर हरिनाम संकिर्तन गरेको छ ।

शनिबार मोक्षदा एकादशी रहेको र यसै एकादशी तिथी अर्थात गिता जयन्तीका दिनमा भगवान श्रीकृष्णद्वारा उहाँका परमभक्त अर्जुनलाई श्रीमद्भगवतगिताको दिव्य ज्ञान प्रदान गर्नुभएको थियो ।

त्यस अबसरमा गायन कृर्तन, नृत्य,प्रसाद बितरण ,भगवत गिता ग्रन्थ बितरण लगायतका कार्यगरिएको इस्कोनका सचिव हरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

भगवदगीता एक पवित्र हिन्दू धर्मग्रन्थ हो जसमा कुरुक्षेत्रको युद्घभूमिमा भगवान कृष्ण र अर्जुन बीचको संवाद समावेश छ । यसले वैदिक सनातन दर्शनको आध्यात्मिक ज्ञानको सार र शताब्दीयौंदेखि दार्शनिकहरुले सोधेका प्रश्नहरुको जवाफ प्रकट गर्दछ ।

भगवदगीताले कर्म, नि:स्वार्थ कार्य, कृष्णभक्ति र योगका सिद्धान्तहरु सिकाउँछ, र धर्मको बारेमा विभिन्न हिन्दू विचारहरुको संश्लेषण प्रस्तुत गर्दछ । यसले चेतना, आत्मा र ब्रह्माण्डको प्रकृतिलाई पनि व्याख्या गर्दछ ।

भगवद गीताले महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन, हेनरी डेभिड थोरो, राल्फ वाल्डो इमर्सन, र फिलिप ग्लास जस्ता प्रसिद्घ व्यक्तित्वहरु सहित जीवनका विभिन्न क्षेत्रका धेरै मानिसहरुलाई प्रभावित गरेको छ ।