• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लिभरपुलसँग बराबरी खेलेको आर्सनल शीर्षस्थानमा यथावत



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो । खेलको ४ औं मिनेटमा डिफेन्डर गाब्रियलले हेडरमार्फत गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको २९ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । अलेक्जान्डर आर्नल्डको लङ पासमा उनले आर्सनलका तीन डिफेन्डरलाई बिट गर्दै बललाई जाली चुमाए ।

त्यसपछि दुबै टोलीले अन्तिम समयसम्म गोल गर्ने प्रयास गरेपनि सफल हुन भने सकेनन् । यस बराबरीसँग आर्सनल लिगको शीर्षस्थानमा यथावत छ । उसको १८ खेलबाट ४० अंक छ । एक अंक कम अर्थात् ३९ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ ।