२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 22

Latest
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य धनगढी एफसीको सहज जित तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा श्रीलंकाली राजदूतको जिपलाइनिङ र स्काई साइक्लिङ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपालका लागि श्रीलंकाका राजदूत शुदर्शना के पाथिराना नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीलाई लिएर शुक्रबार चन्द्रागिरी पुग्नुभएको थियो । त्यसक्रममा विदेशमन्त्री खुबै रमाउनुभयो, सेल्फी लिनुभयो केबलकार चढ्नुभयो र फर्कनुभयो ।

तर राजदूत पाथिरानालाई त्यहाँको सुन्दरतामा रमाउन पुगेनछ । चन्द्रागिरिले उहाँलाई यति धेरै मोहित बनाएछ कि परराष्ट्रमन्त्री साब्रीलाई बिदाई गरेपछि उहाँ शनिबारै सपरिबार पुन: चन्द्रागिरी पुग्नुभयो ।

उहाँको त्यो चाखलाई शुक्रबार र शनिबार मौसमले पनि साथ दियो । काठमाडौंं उपत्यका, चित्लाङ र यहाँबाट देखिने हिमशृंखलाले उहाँ मोहित हुनुभयो । यससँगै राजदुत साब्रीले जीपलाइन, स्काई साइकिलिङ , स्वीङ्गको आनन्द बडो मज्जाले लिनुभयो ।

पहिले सैनिक सेवामा रहेका उहाँलाई यस्ता खेलकूद तथा साहसिक पर्यटनमा खुब शाेख रहेछ । शनिबार न्युजपोलारका प्रतिनिधि चन्द्रागिरि पुगेका बेला उहाँले भन्नुभयो– अलौकिक ठाउँ रहेछ, मलाई थाहा थिएन । आज विदाको दिन पुन: आएँ ।

उहाँ सैनिक सेवापछि कुटनीतिज्ञका रुपमा करिब दुईसाता अघि मात्र नेपाल आउनु भएको हो । सपरिवबार त्यहाँ पुग्नुभएका साब्रीको आइतबार बिहान हाईकिङमा जाने तयारी छ ।

राजदूतपाथिरानालाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा चन्द्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारले जानकारी गराउनुभएको थियो ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुग्नुभएको छ ।

यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुग्नुभएको थियो । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गर्नुभएको थियो ।