२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक अडान कमजोर हुन सक्ने सांसद मिश्रको चेतावनी राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रवर्द्धनका लागि ‘बौद्ध सञ्चार यात्रा’



अ+ अ-

भैरहवा । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट लुम्बिनीसम्म पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको नवौँ स्थापना दिवसका अवसर पारेर आज ‘बौद्ध सञ्चार यात्रा’ सम्पन्न भएको हो ।

त्रिपिटकमा पनि ‘बौद्ध सञ्चार यात्रा’को वर्णन गरिएको बताउँदै यसैको अनुशरण गर्दै एक सय ५० जनाभन्दा बढीको सहभागितामा भैरहवाबाट लुम्बिनीसम्म करिब २४ किलोमिटर पदयात्राको आयोजना गरिएको लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले जानकारी दिनुभयो ।

“क्लबको स्थापना दिवसका अवसर पारेर कार्यक्रम गरिए पनि यसले समग्र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हाम्रो अपेक्षा रहेको छ”, रायमाझीले भन्नुभयो, “यो हामी यसै क्षेत्रमा बस्ने सञ्चारकर्मीहरूको दायित्व पनि हो ।”

लुम्बिनी पुगेका सञ्चारकर्मीलगायत टिमलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले लुम्बिनी संसारको शान्ति स्थापनाको मुख्य स्रोत लुम्बिनी भएको बताउनुभयो । बुद्धको जन्मस्थल मात्र नभई बुद्धका उपदेश पनि यहीँबाट उदय भएको उहाँले बताउनुभयो ।

“लुम्बिनी अहिले नेपालको मात्र नभई यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ”, उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो स्थल शान्तिगामीहरूको लागि साझास्थल हो ।” यसमा लुम्बिनी प्रेस क्लबको यात्राले समग्र नेपालीलाई लुम्बिनीको प्रचार–प्रसारमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकार सञ्चारकर्मसँगै लुम्बिनीको पर्यटनका लागि गरेको कार्य सराहनीय रहेको बताउनुभयो । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौल यात्रा’ नारा दिइएको पदयात्रा भैरहवाको लुम्बिनी गेटबाट सुरु भई मायादेवी मन्दिरमा समापन भएको थियो । रासस




भर्खरै