१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द



अ+ अ-

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । टेलिभिजनका मालिक सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको हो ।

सुदर्शन बचत ऋण तथा सहकारी संस्थाका अध्यक्ष जिबी राईलाई १६ अर्ब भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ ।

राईविरुद्ध सहकारीका बचतकर्ताले ठगी गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा समेत दर्ता गराएका थिए । जिल्ला अदालत कास्कीले राई विरुद्ध गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनी फरार छन् ।

साहु नै फरार भएपछि उनले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजन बन्द गरिएको छ । टेलिभिजनमा काम गर्नेहरूले महिनौँसम्मको तलब नपाएको गुनासो गरेका छन् ।

उक्त संस्थामा कार्यरत केही टेलिभिजनकर्मीहरूले सो टेलिभिजन छाडेर अन्त काम थालिसकेका थिए ।