२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब भयो– अध्ययन



अ+ अ-

एजेन्सी । चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको शुक्रबार जारी एक अध्ययनमा बताइएको छ । एक दशकमा पहिलोपटक चीनको वायु प्रदूषण अझ खराब भएको हो ।

स्वतन्त्र अनुसन्धान सङ्गठन सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सिआरइए)को अध्ययनमा भनिएको छ, “सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पिएम२।५ स्तर वार्षिकरूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो ।”

अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पिएम२.५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्छ । यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

“प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसृजित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ”, सिआरआइएले भनेको छ । राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए । यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो ।

यद्यपि सन् २०१५ मा शीतकालीन ओलम्पिक प्रतियोगिताको दाबीलाई जितेपछि चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ को घोषणा गरेको थियो । चीनले दर्जनौँ कोइला खानी बन्द गरेको थियो र धेरै उद्योगहरूलाई सारेको थियो । यसबाट महत्त्वपूर्ण सुधार भएको छ तर हावाको गुणस्तर अक्सर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा तल रहेको छ ।

सिआरआइएले बेइजिङसहित ८० प्रतिशत प्रान्तीय राजधानीहरूमा एक वर्षअघिको तुलनामा सन् २०२३ मा पिएम२.५ को स्तर बढेको शुक्रबार बताएको छ । फिनल्यान्डस्थित स्वतन्त्र अनुसन्धान सङ्गठनले भनेको छ, “जुन क्षेत्रमा पिएम२.५ मापदण्ड पूरा गरिएको थिएन त्यहाँ जीवाश्म ऊर्जाको व्यापक प्रयोगको सङ्केत दिने कोइला र थर्मल विद्युत्को उत्पादनमा क्रमशः चार दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशतले बढेको छ ।”