११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

हिउँका ढिस्काभित्र रहेका याक र चौँरीका बथानसँग किसान -फोटो फिचर

हिउँका ढिस्काभित्र रहेका याक र चौँरीका बथानसँग किसान -फोटो फिचर
अ अ+ अ-

मनाङ । यहाँको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बेसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।

पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ । हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला । यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आउनुभएका मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउनुहुन्छ ।

सानो उमेरदेखि नै गोठ र याकचौँरीसँगै जीवन गुजार्दै आएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चाैरी जता हामी पनि उतै जान्छौँ । चाैरीसँगै जीवन गुजारा चलाउँदै गएका छौँ । हाम्रो त छोराछोरी जस्तै हो याकचौँरी । यिनीहरुको स्याहारसुसारमै जीवन बितेका छ । हामी बूढाबूढी र चौँरी नै अहिलेका लागि समाज भएको छ । ” बेसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उहाँ सुनाउनुहुन्छ ।

त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामा चौँरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “याकचौँरीको स्याहारसुसार गर्दागर्दै जीवन गुज्रदै गएको थाहा पाएन । यहीँ काम गर्दागर्दै बिहे र बालबच्चा हुर्कायौँ । अहिले हामी गोठमा छौँ । तर, छोराछोरी काठमाडौँ पठनपाठनका लागि पठाएका छौँ ।” १३ वर्षको उमेरदेखि गोठमा बस्न थाल्नुभएका निङ्मा सोनाम गोठ सार्दा सार्दै बिहे भएको आफ्नो अनुभव सुनाउनुहुन्छ ।

चिसो छल्न जान त मन लाग्ने तर, यी पशुचौपायलाई छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गोठसँगै जोडिएको छ हाम्रो जीवन । गोठमै बच्चा जन्माएर हुर्कायो । अहिलेसम्म पनि हामीले गोठ र याकचाँैरीसँगै छ । तर, याकचाँैरीपालन छाड्न सकेका छैनौँ । हाम्रा बालबच्चा जस्तै गरी माया गरे त हामीले आम्दानी लिन सकिन्छ नि १ आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने । त्यसैले गरिरहेका छौँ ।”

याकचाँैरी बेचेर नै जीविकोपार्जन चलाउँदै आएको उहाँ बताउनुहुन्छ । मुख्य आयस्रोत नै याकचाँैरी भएको उहाँ बताउनुहुन्छ । पहिले हामीले याकचौँरी रु २५ हजारदेखि ३५ हजारमा याकचौँरी बिक्री गरिन्थ्यो । तर अहिले याकको रु एक लाख ५० हजारसम्म र चौँरीको रु ९० हजारसम्म मूल्य पाउने गरेको उहाँ बताउनुहुन्छ । यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौँरी हो ।

त्यसैगरी, फुगाउँका कर्म तेन्जिङ हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायको स्याहारसुसारमा व्यस्त रहेको बताउनुहुन्छ । पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उहाँ बताउनुहुन्छ । मनाङका अन्यत्र क्षेत्रमा याकचाँैरीको छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उहाँ सुनाउनुहुन्छ ।

फुगाउँका ङिमा एञ्जो लामा भन्नुहुन्छ, “हामी त यहीँबाट लुगा र दोचा बनाउछौँ । अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउदैनन् ।” अहिले त जमाना फेरिएको उहाँ बताउनुहुन्छ । हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेँसीमा गोठ झारे पनि गोठमै व्यस्त छन् ।

मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन् । तर, चौँरीपालक किसान भने गोठमै रहन्छन् । चाैरीपालक किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै । विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ ।

याकचौँरीपालनमा व्यस्त रहनुभएका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामा सङ्घीयता आइसकेका तर यहाँसम्म विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले आभारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ । तर, स्थानीय सरकारको बजेटले पूरा गर्न सकिँदैन रहेछ । माथिल्लो तहबाट सहयोग आवश्यक छ ।”

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामा अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताउनुहुन्छ । अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोबास गर्ने गरेका उहाँ बताउनुहुन्छ । तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायको स्याहारमा व्यस्त रहेको उहाँ बताउनुहुन्छ । यस क्षेत्रमा सडक अभाव रहेको उहाँले सुनाउनुभयो । सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उहाँ बताउनुहुन्छ । सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ । रासस