२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेटा फार्मले नेपालमा २ अर्व लगानी गर्ने



अ+ अ-

काठमाडौं । बाँझो खेतलाई उर्वर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलो पटक जेटा फार्म सञ्चालनमा आउँदैछ ।

कृषियोग्य भूमिहरुमा खेति नभइरहेको र कृषिप्रधान देश भनेर चिनिए पनि अधिकांश नेपालीहरु कृषि पेशाबाट पलाएन भइरहेको अवस्थामा नेपाली भूमिलाई पुन: कृषिमैत्री बनाउनको लागि जेटा फार्म परियोजनाको सुरुवात गर्न लागिएको हो । जेटा फार्म एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । भारतीय नागरिकको अधिकतम् लगानीमा विदेशी साझेदारको समेत संलग्नता रहेको यस परियोजनाले १४ देशमा लगानी गरिसकेको छ । जसले गहुँ, चामल, तरकारी, फलफूल लगायतको उत्पादन गरिरहेको छ ।

नेपालमा भने यस परियोजनाले गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नं. ७ मा करिब १ हजार रोपनी जग्गामा लगानी गर्ने योजना बनाएको छ । २० बर्षको लागि सम्झौता गरिएको सो क्षेत्रमा आलु, प्याज, काउली, ब्रोकाउली, मास, लिची जस्ता कृषिजन्य उत्पादन गर्ने लक्ष्य रहेको परियोजनाका नेपाल प्रतिनिधि राजेन्द्र श्रेष्ठले बताए ।

त्यस्तै, परियोजनाले तनहुँ जिल्लाको भानु नगरपालिकामा पनि २ अर्व रुपैयाँ लगानी गर्ने योजनासहित कृषकहरुसँग छलफल गरेको छ । गत पौष २ गते भएको छलफलमा भानु नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीसहित कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैबीच, परियोजनाका प्रबन्ध निर्देशक ऋतुराज शर्माले आफूहरु नेपालमा ठूलो लगानी भित्र्याउनका लागि उत्साहित रहेको भन्दै त्यसको लागि स्थानीय सरकारले सहजीकरण र किसानहरुले जग्गा उपलब्ध गराएमा तत्कालै माटो परीक्षण गरि कार्य अगाडि बढाउने बताए । उनले किसानहरुले जग्गा भाडामा उपलब्ध गराउँदा किसानको क्षमता अनुसार र नेपाल सरकारको नियम अनुसार रोजगार उपलब्ध गराउने र किसानले चाहेमा आफै मालिक बन्ने अवसरसमेत सिर्जना गराइदिने बताए । परियोजनाले फार्ममा काम गर्ने कृषकको स्वास्थ्य बिमा तथा सञ्चयकोषकोसमेत सुविधा उपलब्ध गराउनेछ । किसानले लगानी गरेपनि घाटा भने बेहोर्न नपर्ने गरि परियोजना सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक शर्माको भनाइ छ ।

परियोजनाले कृषकहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने, उनीहरुको सिप र आम्दानी बढाउने, बाँझो खेतलाई उर्वर बनाउन मद्दत पुर्‍याउने तथा कृषि क्षेत्रको विकास र विस्तार गर्न योगदान पुग्ने हुनाले नगरपालिका र यस क्षेत्रका कृषकहरुले परियोजनाप्रति सकारात्मक धारणा बनाएको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीले बताए ।

किसानहरूका लागि पेन्सन कोषको सुरुवातसँगै ​​थुप्रै सुविधाहरू समावेश गरेको यस परियोजनाले भारतको राजस्थान र महाराष्ट्रबाट अवार्ड समेत प्राप्त गरिसकेको छ ।