२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको हत्या गरी फरार व्यक्ति ६ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले ०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडी बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकि महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । थियो सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी रहेका छन् । अधिकारी भनि ०७९ साल कार्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो ।

शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भुपु आर्मिसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनु भनि फोन गरी बोलाएका थिए ।

माछापोखरी एरियामा ३ जनाको भेट भएपश्चात् २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडी बसेका थिए ।

शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६/७ सय रुपैयाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गइ बसेका थिए भने अर्कोदिन बिहान पूर्व जाने गाडी चढी फरार रहेका रहेका थिए ।

आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुष ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कार्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रिय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।