२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानिसले ‘भगवान’ भनेर पुज्दै आएका थिए ढुङ्गा, ७ करोड वर्ष पुरानो डायनोसरको अण्डा रहेछ…



अ+ अ-

एजेन्सी । धेरै पटक जानकारीको अभावमा मानिसहरु यस्ता कामहरु गर्छन्, जसको सत्यताले मानिसहरु अचम्ममा पर्छन् । भारतको मध्य प्रदेशको धार जिल्लाको पडल्या गाउँमा मानिसहरूले वर्षौंदेखि गोल ढुङ्गाको पूजा गर्दै आएका थिए ।

गाउँलेलाई यी कुनै देवताको शिला हो भन्ने लागेको थियो तर अहिले सत्यता सबैको अगाडि आएको छ । उनीहरु स्तब्ध छन् । वास्तवमा, तिनीहरूले जसलाई देवताको रूपमा पुजिरहेका थिए, त्यो डायनोसरको अण्डा थियो । सबैभन्दा अचम्मको कुरा के छ भने यी अण्डा करिब ७ करोड वर्ष पुरानो छ ।

पाडल्या गाउँका मानिसहरूले करिब १७ वर्षअघि खेतीका लागि खन्ने क्रममा यी अण्डाहरू फेला पारेका थिए । त्यसलाई ‘भिलाट बाबा’ मानेर पूजा गर्न थाले । पहिले त्यसमा आकृति बनाए र त्यसपछि पूजा गर्न थाले । गाउँलेका लागि यो भिलाट बाबा काकड भैरव पनि हुन् । काकड भनेको क्षेत्र र भैरवलाई देवता भनिन्छ ।

स्थानीयवासीका अनुसार हरेक धार्मिक अनुष्ठानमा मानिसहरूले यो ढुङ्गालाई पूजा गर्ने गर्छन् । स्थानीयवासी वेष्टा मण्डलोईका अनुसार गाउँलेहरूले यो ढुङ्गाको पूजा मात्र गर्दैनन् वर्षाको समयमा यसको अगाडि बाख्रा पनि चढाउने गरेका छन् । गाउँलेहरूले यी अण्डाहरूलाई पारिवारिक देवताको रूपमा मान्दथे । खेडापुरा क्षेत्रमा पनि यसको पूजा गरिएको थियो ।

यस बाहेक पटेलपुरामा पनि यस्ता अण्डा पाइन्छ । तर केही दिनअघि लखनउस्थित वीरबल साहनी इन्स्टिच्युट अफ पेलियो साइन्सको टोली धार जिल्लामा पुग्दा गाउँलेहरूले पुज्ने गोलाकार ढुङ्गा वास्तवमा करोडौं वर्ष पुरानो डायनोसरका अण्डा भएको पत्ता लागेको थियो । यी अण्डाहरू डायनासोरको टिटानो–सौरन प्रजातिका हुन् र तिनीहरूको व्यास करिब १८ सेन्टिमिटर रहेको बताइएको छ ।

यस क्षेत्रका डीएफओ एएस सोलंकीले सन् २०११ मा डायनोसर पार्क बनाएको बताए । जहाँ वरपरका क्षेत्रबाट प्राप्त यस्ता जीवाश्महरू राखिन्छन् । ‘हामीले ती अण्डाहरूलाई हाम्रो पार्कमा सुरक्षित राखेका छौं ।’ उनले भने । धार जिल्लाको बाग क्षेत्रमा हालसम्म २५६ अण्डा भेटिएको छ । मध्यप्रदेशको नर्मदा उपत्यकामा डायनासोर युगमा पृथ्वीबाट लोप भएका यी जीवहरूको राम्रो संख्या रहेको विश्वास गरिन्छ ।

दशकौं अघि मध्य प्रदेशको भेडाघाटमा डायनोसरको पूर्ण कंकाल भेटिएको थियो । जसलाई हाल मुम्बईस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ ।




भर्खरै