• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री

भोका बालबालिकालाई भोलि खाउँला भन्न सकिँदैन उपप्रमुख डंगोल



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने बताउनुभएको छ ।

नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गर्दै यस्तो बताउनुभएको हो । संघ सरकारबाट प्राप्त हुनु पर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि उहाँले यस्तो बताउनुभएको हो ।

चालु आर्थिक बर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । उपप्रमुख डंगोलले यसमध्येको ३० लाख रुपैयाँ, संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गर्नुभएको हो । यस क्रममा उहाँले भन्नुभयो, ‘लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नु पर्ने अवस्था हुनुहुँदैन । बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।’

उहाँले, बाल पुन:स्थापना र सुधार केन्द्र स्थापना गर्ने संगठनको प्रस्तावमा महानगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

संगठनकी अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गर्नुभयो । भएको चल सम्पत्ति पनि ठाउँ ठाउँमा अपचलन भएको छ । त्यसलाई रोकेर आफ्नो आम्दानी बाल संरक्षणका लागि उपयोग गर्ने वातावरण बनाउँदै लगेको उहाँको भनाइ थियो ।

नगरपालिकाले आफ्ना क्षेत्रका बालबालिका बाल संगठनको आश्रयमा पुग्नु पर्ने अवस्थाबाट रोक्न पालिका स्तरमा संरक्षण केन्द्र बनाउन, बाल्यकालदेखि संगठनको संरक्षणमा रहेर प्रौढ अवस्थामा पुगेका व्यक्तिलाई अन्य आश्रमहरुमा व्यवस्थापनमा सहयोग गर्न, दुव्र्यसनमा रहेका बालबालिकाहरुलाई सुधार गर्न पुन:स्थापना तथा सुधार केन्द्र निर्माण र सञ्चालन गर्न पालिकाबाट सहयोगको अपेक्षा गर्नुभयो ।

त्यस अवसरमा संगठनका उपाध्यक्ष प्रेम पराजुली, सदस्यहरु, महानगरपालिकाको सामाजिक विकास विभागका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।