२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुँदै

लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुँदै
अ अ+ अ-

काठमाडौँ । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आयोगले जारी गरेको सूचनाअनुसार  स्थगन भएका उपसचिव वा सोसरह (अप्राविधिक-प्राविधिक), शाखा अधिकृत वा सोसरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन् ।

न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका परीक्षा हुने सूचनामा जनाइएको छ ।

सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवदेन परी अदालतको आदेशअनुसार स्थगन परीक्षाहरूको हकमा अदालतबाट आदेश हुनासाथ यथाशीघ्र पुनः तालिकीकरण गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुरुप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।