२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल–गोरूसिंगे सडक आयोजनाले दुर्गति बेहोर्न नपरोस्– एमाले उपध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–गोरूसिंगे सडक स्तरोन्नति कार्यले कुनै दुर्गति बेहोर्न नपरोस् भन्नुभएको छ ।

आज पूर्व पश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडक खण्ड डेडिकेटेड चारलेन (खास ठाउँमा आठलेन, छलेन, अण्डरपास र ओभरपास समेत) मा स्तरोन्नतिका लागि बोलपत्र आव्हान भएकामा खुशी व्यक्त गर्दै उक्त कार्य समयमै सम्पन्न हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भन्नुभएको छ, “हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहीआएको छ ।

विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस् ।” स्वस्थ एवं पारदर्शी प्रक्रियाद्वारा सक्षम निर्माण कम्पनी छनोट गरियोस् र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गरोस् भन्दै उहाँले छनोट भएको कन्सल्ट्यान्ट कम्पनी एलइए एसोसिएट्स साउथ एसिया प्रालिले पनि निर्माण कार्यको प्रभावकारी परिक्षण र सहजीकरण गरोस् भन्नुभएको छ ।

त्यसैगरी गोरूसिङ्गेदेखि चन्द्रौटासम्मको १९ किलोमीटर सडकको डीटेल डिजाइन शिघ्र सम्पन्न गरी निर्माणकार्य आरम्भ गर्न माग गर्दै उहाँले बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणकार्य पनि विलम्ब नगरी आरम्भ गर्न आग्रह गर्नुभएको छ । जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ति÷कमजोरी हुँदा खबरदारी गरिने जानकारी गराउनुभएको छ ।




भर्खरै