४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

गभर्नर अधिकारीको सेयर खरिदबिक्रीमा दोहोरो भूमिका

गभर्नर अधिकारीको सेयर खरिदबिक्रीमा दोहोरो भूमिका
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको सेयर खरिदबिक्रीमा दोहोरो भूमिका निर्वाह गर्नुभएको छ ।

एउटै प्रकृतिबाट अन्य बैंकको सेयर बिक्री हुँदा त्यसलाई नियमनकारी निकाय राष्ट्र बैंकले स्वीकृति प्रदान गरिसकेको अवस्थामा गभर्नर अधिकारी हिमालयन बैंकबाट बाहिरिन लागेको बाह्य लगानीकर्ताको सेयर खरिदबिक्रीमा भने तगारो बन्नुभएको छ ।

नेपालको बैंक तथा वित्तीय क्षेत्र नियमन गर्ने महत्त्वपूर्ण र प्रमुख निकाय नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले उही प्रकृतिको मामिलामा दोहोरो चरित्र देखाउनुभएको हो ।

‘क’ वर्गको हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको सेयर लगानी छ र उसले उसले झण्डै ४ वर्षदेखि आफ्नो सेयर बिक्री गरेर बाहिरन चाहे पनि सकिरहेको छैन। उसले चाहेजस्तो लगानीकर्ता नपाउँदा आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न नसकेको हो ।

चार वर्षअघि बेलायतको सीडीसी फाइनान्स ग्रुपलाई हबिबले आफ्नो सेयर बिक्री गर्न खोजेको थियो । यद्यपि बैंकको ‘मर्जर इस्यु’ले त्यो सम्भव हुन सकेको थिएन ।

त्यतिबेला हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व थियो। सिभिल बैंकसँग मर्जर भएसँगै हिमालयन बैंकमा हबिब बैंकको सेयर १२ दशमलव ९३ प्रतिशत कायम रहेको छ।

अहिले हबिबले उक्त सेयर बिक्रीका लागि नेपालको नयाँ पुनर्बीमा कम्पनी हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडसँग सम्झौता समेत गरिसकेको भए पनि त्यो सम्झौतालाई मान्य हुन नदिन गभर्नर अधिकारी लागि पर्नुभएको बताइएको छ ।

हिमालयन रि इन्सुरेन्सलाई सेयर स्वामित्व हस्तान्तरण गर्न सम्बन्धित पक्षबीच गत साउन ९ मा सम्झौता भएको थियो। त्यसको जानकारी हिमालयन बैंकले नियमनकारी निकाय राष्ट्र बैंकलाई यही मंसिर १४ गते पत्रमार्फत गराएको थियो

तर त्यसको ६ दिनपछि अर्थात् मंसिर २० गते गभर्नर अधिकारीले यसबारे राष्ट्र बैंकमा समेत जानकारी नआएको बताउनुभयो । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिमा अधिकारीले यसबारे अनभिज्ञता प्रकट गरेपछि उहाँको भूमिका शङ्कास्पद रहेको अनुमान गरिएको छ ।

अर्थसमितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् स्वर्णिम वाग्लेले हिमालयन रि इन्स्योरेन्सले हिमालयन बैंकमा भएको हबिब बैंकको सेयर किन्न लागेकोबारे प्रश्न गर्नुभएको थियो ।

त्यसको जवाफ दिने क्रममा गभर्नर अधिकारीले उक्त बैंकको सेयर बिक्रीबारे बैंकलाई जानकारी नभएको जवाफ दिनुभयो ।

चालू आर्थिक वर्षमै एसियन लाइफ इन्स्योरेन्सले प्रभु बैंकको ७० लाख कित्ता सेयर किनेकोमा त्यसले राष्ट्र बैंकबाट स्वीकृति पाएको थियो।

त्यस्तै गत वर्ष मंसिर २९ गते सानिमा बैंकका संस्थापक लगानीकर्ता निरज गोविन्द श्रेष्ठले ५१ लाख कित्ता सेयर बिक्री गर्नुभएको थियो । सन नेपाल लाइफ इन्स्योरेन्सले किनेको श्रेष्ठको सेयरलाई पनि राष्ट्र बैंकले स्वीकृति दिएको थियो।

विगतमा यही प्रकृतिबाट अन्य बैंकहरुको पनि सेयर बिक्री भएको र त्यसलाई नियमनकारी निकाय राष्ट्र बैंकले स्वीकृति प्रदान गरे पनि गभर्नर अधिकारीले दोहोरो भूमिका हिमालयन रिलाई हबिब बैंकको सेयर खरिद गर्नबाट रोक्ने प्रयास भएको छ ।

सेयर खरिदबिक्रीको स्वीकृतिका लागि हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नै राष्ट्र बैंकमा पठाएको पत्रबारे अनभिज्ञता प्रकट गर्दै सांसद वाग्लेको प्रश्नबाट गभर्नर अधिकारी पछि हट्नुलाई उहाँको दोहोरो चरित्रका रुपमा हेरिएको छ।