३० जेष्ठ २०८३, शनिबार
,
Latest
माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग फुटबलः झापाले धनगढीलाई हरायो



अ+ अ-

काठमाडौँ: राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

दशरथ रङ्गशालामा सम्पन्न खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले छिरिङ लामाको क्रसमा हेड  गरेर गोल गरेका थिए ।

त्यसैगरी खेलको ७७औँ मिनेटमा झापाका समिराजले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । खेलको ७९औँ मिनेटमा झापा १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएसँगै झापा १० खेलाडीमा समिति बनेको हो ।

यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारसँगै समान सात खेल  खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । रासस