११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौँ । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले हेटौँडा र उदयपुर सिमेन्टको आर्थिक,भौतिक र वर्तमान अवस्था बारेमा अध्ययन गरी उद्योग पूर्ण क्षमतामा चलाउनसक्ने नसक्ने अवस्था बारेमा विज्ञ सहितको टोलीले अध्ययन गरी उक्त प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी समितिलाई बुझाउन निर्देशन दिनुभयो । उहाँले दुई सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन कुन मोडल आवश्यक छ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । त्यस्तै सभापति खानले नेपालमा उत्पादन हुने चिनि र खपत हुने चिनीका विषयमा विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमा नै खरिद प्रक्रिया शुरु गरी आपूर्ति व्यवस्था सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । उ

हाँले बजार अनुगमन प्रभावकारी बनाउन तीन तहमा कानून र नीतिगत रुपमा एकरुपता ल्याउने विस्तृत कार्ययोजना बनाउन केन्द्रिय बजार अनुगमन समितिलाई निर्देशन दिनुभयो । उहाँले बजार अनुगमनको लागि हाल मौजुदा रहेका कानूनहरुमा संशोधन गर्न र विवरण समितिलाई उपलब्ध गराउन पनि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्तिको व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘समितिको आजको बैठकमा उद्योग तथा वाणिज्य र उपभोक्ता हित संरक्षण समितिले देशका केही जिल्लाहरुमा गरिएका बजार अनुगमन र सरकारी निकायहरुबाट भएका अनुगमनमा तीन तहमा कानून र नीतिमा एकरुपता नभई अनुगमनको कार्य प्रभावकारी नभएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता विविध कानूनी व्यवधानहरुमा एक रुपता कायम गर्न तीन तहका सरकारबीच समन्वय गरी प्रभावकारी रुपमा अनुगमन कार्यमा एकरुपता कायम गर्न आवश्यक कानून,जनशक्ति, बजेट र प्राविधिक लगायतका विषयमा विस्तृत कार्ययोजना तयार गरी समितिमा उपलब्ध गराउन केन्द्रिय बजार अनुगमन समितिलाई निर्देशन दिने । उपभोक्ताको हक हित र संरक्षणका लागि वस्तुहरुको आपूर्ति व्यवस्था मूल्य गुणस्तरको अनुगमनका लागि हाल मौजुदा कानूनहरुमा के कस्तो संशोधन गर्नु सो सम्बन्धि विवरण समितिलाई उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्तिको व्यवस्था गर्न आवश्यक रहेको समितिको ध्यानाकर्षण भएको छ ।’

‘दक्ष जनशक्ति समस्या समाधानको लागि कस्तो काम गर्नुपर्छ सो को जानकारी समितिलाई गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी उद्योगको पूर्ण क्षमता अभिवृद्धि गरी सञ्चालन गर्न सकिन्छ वा सकिर्दैन उद्योगले लिएको लक्ष्य हासिल भएको छ वा छैन । उद्योग समस्याका चुनौति के कस्ता रहेका छन् । उद्योगको आर्थिक अवस्था कस्तो रहेको छ । कस्तो मोडलमा उद्योग सञ्चालन गर्न सकिन्छ । विज्ञ सहित राखेर अध्ययन गरी अध्ययन प्रतिवेदन समितिमा पेश गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । नेपालमा चिनी कति उत्पादन हुन्छ । उत्पादन भएको चिनीले नेपालको माग धान्न सक्ने अवस्था छ वा छैन विस्तृत अध्ययन गरी नेपालमा अपुग चीनि समयमा नै खरिद गर्ने आवश्यक प्रक्रिया शुरु गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’

समितिले उखु किसानलाई भुक्तानी गर्न बाँकी रकम दिने सरकारको निर्णय स्वागत गरेको छ । त्यस्तै कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानहरुले आर्थिक वर्ष २०७०/७१ को उखु उत्पादन प्रवद्र्धन खर्च रकम हालसम्म नपाएकाले कार्यदलले गरेको सिफारिसका आधारमा तत्काल भुक्तानी दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।