५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छ: मुख्यमन्त्री जम्कट्टेल



अ+ अ-

भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।

भरतपुरमा आज आयोजित चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रमको मस्यौदा कार्यविधिबारे छलफलमा उहाँले चेपाङ समुदायको उत्थानका लागि नीति तथा कार्यक्रममार्फत नै योजना समावेश गरेर कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।

चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमूना कार्यक्रम भएकाले सबै पालिकासँग समन्वय गरेर काम गरिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । राज्यले सबै जातजाति, कला र संस्कृतिको संरक्षण गर्ने भनेको छ चेपाङ समुदाय त यसै पनि पछाडि परेकाले हाम्रो विशेष प्राथमिकता हुनुपर्छ भन्नुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका योजना अध्ययन गरेर मात्र लागू गर्नुपर्ने तर मनगणन्ते योजना ल्याउन नहुने बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चेपाङ समुदायको संस्कार र संस्कृति पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । रासस