४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको तयारी तीब्र

पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको तयारी तीब्र
अ+ अ-

पोखरा । सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा आगामी फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी तीब्र रुपमा जारी रहेको छ ।

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको आयोजक समारोह समितिले जनाएको छ । यसका लागि पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो ।

पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यले बताउनुहुन्छ ।

यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।

यसका साथै यो महायज्ञको अर्को प्रमुख उद्देश्य जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने रहेको उहाँले बताउनुभयो ।

यस महायज्ञको राष्ट्रव्यापी प्रचारप्रसारको सिलसिलामा आज गण्डकी प्रदेशको राजधानी पोखरामा यस प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा महायज्ञका सङ्कल्पकर्ता श्रीमुक्तिनाथ बाबाबाट विभिन्न राजनैतिक पार्टीका सचेतक एवं गण्डकी प्रदेशका सांसदहरूलाई महायज्ञको निमन्त्रणा र यज्ञसम्पादन विषयक प्रवचन भएको छ । त्यसैगरी उत्तराधिकारी स्वामी श्रीकृष्णप्रपन्नाचार्य (करपात्री) एवं गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्य लगायतको टोलि लुम्बिनी प्रदेशमा परिचालित रहेको छ । गण्डकी प्रदेशतर्फ भने स्वामी विश्वप्रकाशप्रपन्नाचार्य, भागवत प्रपन्नाचार्य, विदुषी अनुराधा देवी लगायतको समूहले व्यापक प्रचारप्रसार तथा विभिन्न स्थानहरूमा सहयोग समितिहरू गठन भएका छन् ।

गत सोमबार सैनामैनाको पर्होहा परमेश्वर बोलबम धाम, रुपन्देहीको पश्चिमअमुवा र सखुवानी, मिलनचोक लगायतका स्थानहरूमा सहयोग समिति गठन गरिएको छ । महायज्ञको देशव्यापी रुपमा प्रचारप्रसारमा खटिएको टीम पुसभित्र पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विभिन्न स्थानहरूमा सहयोग समितिहरू गठन गर्दै निमन्त्रणा कार्यक्रम सञ्चालन गर्ने गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।